Skip to main content

नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १९ गाडी प्रहरीको कब्जामा

Submitted by editor on
शिवराज भट्ट
१९ वटा ढुवानीका साधनहरु कब्जामा

गोदावरी (कैलाली) : नदीजन्य पदार्थको अवैध उत्खननको खबर सामाजिक सञ्जालमा आएपछि जिल्ला समुन्वय समितिको नेतृत्वमा रहेको नदीजन्य पदार्थ जिल्ला स्तरीय समितिले आईतबार गोदावरी, खुटीया र खैरानाबाट १९ वटा ढुवानीका साधनहरु कब्जामा लिएको छ । 

आईतबार जिल्ला समुन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुुषालको नेतृत्वमा  प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समितिले उक्त ढुवानीका साधनहरु कब्जामा लिएको हो ।

गोदावरी, खुटीया र खैराना नदीबाट १० वटा टिप्पर, ३ वटा स्काभेटर, ३ वटा जेसिबि र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको छ ।’ जिल्ला समुन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भुुषालले जानकारी दिए । 

केही दिनदेखि नदीजन्य पदार्थको अवैध उत्खननका खबरहरु सामजिक सञ्जालमा आएपछि उक्त समिति आईतबार तीन वटै नदीको अनुुगमनमा गएको थियो ।

उनले तीन वटै नदीमा वातावरण प्रभाव मुल्यांकनको प्रवाह नै नगरी मनपरी नदीजन्य पदार्थको संकलन भईरहेको बताए । ‘गोदावरी नदीको दोहान हेर्दा त  कति मनपरी गरेको होला झैं लाग्यो । वितण्डा देखियो । अनुुगमन समितिका सबै सदस्यहरु नै चकित परे’ उनले भने ।
गोदावरी नदीका बीच गहिरा गहिरा खडल बनाएर ग्राभेलका चाङ लगाईका छन । ढुंगा छान्ने मेसिन त्यतै छ । आधादर्जन स्काभेटर र जेसिबिहरु, सैयौं टिप्पर र ट्याक्टरहरुको मेला जस्तै देखिन्छ ।