Skip to main content

कैलालीमा शिक्षा अधिकृतलाई कालोमोसो दल्ने बैद्य माओवादीका नेता पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
बैद्य माओवादीका नेता पक्राउ

लम्की : कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दल्ने नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज भुवन रम्तेल पक्राउ परेका छन । 

उनलाई कैलारी गाउँपालिका–७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना संलग्नहरुको खोजी गर्ने क्रममा  इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले रम्तेललाई कैलारी गाउँपालिका–७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

लम्कीचुहा नगरपालिका– ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार÷पाँच जना युवाहरुको समूहले कालोमोसो दलेका थिए । नगरपालिकाबाट फर्किने बेला उनको मोटरसाइकल रोकेर युवाहरुले कालोमसो दलेका हुन् । 

अधिकृृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका  शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको आरोप लगाउँदै कालोमोसो नै दलिएको थियो ।