Skip to main content

भौतिक पुर्वाधार मन्त्री देउवाद्वारा भजनी महोत्सव उद्घाटन

Submitted by editor on
ईबिगुल संवाददाता
 भजनी महोत्सव उद्घाटन

भजनी (कैलाली) : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले महोत्सवले स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने बताएका छन । बिहिवार कैलालीको भजनीमा, भजनी महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन ।

उनले देशभर भईरहेका महोत्सवले ठाउँ अनुसारको कला र संस्कृतिको जगेर्ना गर्ने र स्थानीयको उत्पादनलाई बजारसँग जोडने प्रयास भईरहेको बताए । ‘देशभरीका महोत्सवहरुले त्यस क्षेत्रका कला संस्कृतीको जगेर्ना गर्नुका साथै त्यस क्षेत्रको आर्थिक अवस्थामा पनि सुधार ल्याउछ’ उनले भने । 

उनले अहिलेको युग भनेको विकासको युग रहेकाले जनताको चाहना अनुसार सरकार चल्ने बताए । मन्त्री देउवाले प्रदेश सरकार समग्र प्रदेशको विकासका लागि कटिबद्द भएर लागिरहेको बताउँदै सबैको सुझाब र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

‘कला साहित्य कृषि र ब्यापार हाम्रो पहिचान, भजनी क्षेत्रको सर्वाङ्गिण विकास हाम्रो अभियान’ भन्ने मूूल नाराका साथ सुरु भएको महोत्सव, फागुन ८ गते सम्म संचालन हुने आयोजक भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जोशीले बताए । 

आयोजकले प्रमुख अतिथि एवं भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई भजनी क्षेत्रका विकास निर्माणका ३ सुत्रीय मागपत्र पनि बुुझाएको छ ।