Skip to main content

एमाले कैलालीको जिल्ला अधिवेशन, आज दिउसो २ बजेबाट मतदान

Submitted by editor on
ईबिगुल संवाददाता
एमाले कैलालीको जिल्ला अधिवेशन, आज दिउसो २ बजेबाट मतदान

सुखड (कैलाली) : नेकपा  एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ  । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । 

यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखि मतदानको समय निर्धारण गरिएको थियो । तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले बिहान अर्काे तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत  जोराले बताए । 

सदस्य र पदाधीकारीको उमेदवारी शुल्क बढी भएको, केही प्रतिनिधि दोहोरो रुपमा आएको, पार्टीका संगठित सदस्य नभएकाहरु प्रतिनिधि बनेर आएका विषयमा विवाद हुँदा बुधबार सार्वजनिक गरिएको निवार्चन प्रकृया स्थगित गरिएको थियो ।

सहमतिका नाममा हुने ढिलासुस्तीलाई मध्यनजर गर्दै पार्टीले फागुनको ३ गते नै पदाधीकारीका आकांक्षीहरुबाट ईच्छापत्र माग गरेको थियो । तर पदाधीकारीहरुले इच्छापत्र दिएपनि अधिवेशन सुरु भएको चार दिनपछि निर्वाचन प्रकृया अघि बढेको हो ।

अधिवेशन उद्घाटनको तेस्रो दिन नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीको प्यानलले भने उम्मेदवारी घोषणा गरिसकेको छ । जोशीको प्यानलमा उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा (चित्रण), उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशी रहेका छन । जोशी नेकपा एमाले कैलालीका कार्यबहाक अध्यक्ष हुन् । 

यसैगरी बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल घोषणा भएको छैन । यी दुुई युवा नेता पनि प्यानल सहित चुनावमा जाने मुडमा देखिएका छन । फागुन ६ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच कैलाली जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।