Skip to main content

कैलालीमा अध्यक्षका लागि तीन जनाको उमेदवारी (सूची हेर्नुस), मतदान भोली हुने

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीमा अध्यक्षका लागि तीन जनाको उमेदवारी, मतदान भोली हुने

सुखड (कैलाली) : नेकपा एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो । 

कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।
सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । 
निर्वाचन समितिले समयअभावका कारण आज पनि मतदान नहुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले मतदान भोली (विहीबार) मात्रै हुने बताए । उनले संसोधित तालिकाको तयारी भईरहेको बताए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनको सुखडमा उद्घाटन गरेका थिए ।