Skip to main content

बैतडीमा मलामी बोकेको जीप दुर्घटनामा १ जनाको मृत्यु, ५ जना घाइते

Submitted by editor on
कृष्ण बिष्ट
एक जनाको मृत्यु

बैतडी : बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–१ स्थित घारडा भन्ने ठाउँमा जिप दुर्घटना हुदा डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको हो । 

बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर सु.प.प्र.०१०००१च ३१४६  नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

जीपमा सवार १३ जना मलामी मध्ये एकजनाको मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा  डिलासैनी–१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा रहेका छन् । उनिहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची सडकमा चल्दै गरेको जीप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ । जीप चालक डिलासैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।