Skip to main content

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा सुदूरपश्चिमबाट ४ जनाको उमेदवारी

Submitted by editor on
ईबिगुल संवाददाता
सचिवका लागि सम्भु लामिछाने

धनगढी : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघ ७ औं महाधिवेशनमा सुदूरपश्चिमबाट केन्द्रीय सचिवका लागि सम्भु लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । 

सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सकृय लामिछानेले केही समय अगाडि मात्र सचिवमा मनोनयन दर्ता गराएका हुन । लामिछानेको प्रस्तावकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष श्याम पाठक र समर्थकमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडाल रहेका छन ।

त्यस्तै केन्द्रीय सदस्य स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र केन्द्रीय सदस्यमै पुस्तक तर्फ शकर दत्त भट्टले उम्मेदवारी दिएका छन । भुगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकर बहादुर कठायतले मनोनयन दर्ता गराएका छन । 

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबारबाट शुरु भएको सातौं महाधिवेशन शनिवार समापन हुनेछ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी  महासंघको नयाँ नेतृत्वका लागि ५२ जनाको केन्द्रिय कमिटी चयन गर्नेछ ।

२ वर्षका लागि हुने कार्यसमितिमा नेतृत्वका लागिा त्रीपक्षिय भिडन्त देखिएको छ । अध्यक्षमा ऋषिराम शर्मा, दिवाकर घिमिरे र शिवसागर शर्माले मनोनयन दर्ता गराएका छन् ।