Skip to main content

अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

अछाम : अछाम अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छ्न । 

मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षिया बुवा पक्राउ परेका हुन । 

बालिकाकि आमाले दिएको जाहेरीको आधारमा प्रहरीले शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताए । 

शनिबार साँझ मादक सेवन गरेका पदार्थ सेवन गरेका बुवाले नाबालिका छोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको डिएसपी पाठकले बताए । 

उनले भने ,´घटनाकाे अनुसन्धान भैइरहेको छ । अनुसन्धानको लागी अदालतबाट ५ दिनको म्याद थप भएको छ । 

शनिबार नै पक्राउ गरिसकेका छौं।´ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई सोधपुछ गर्दा बलात्कार भएको देखिएको छ ।