Skip to main content

मदिरा खाएर राती अर्काको घरमा पसेका धनगढी गाउँका महेश रानाको कुटपिट पछि मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
 प्रहरीले रानाले मदिरा सेवन गरेर अर्काको घरमा पसेको बताएको छ ।

धनगढी  ः मदिरा खाएर अर्काको घरमा पसेका एक जनाको कुटपिट पछि ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको कुटपिट पछि ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाउव उपरिक्षक कुलदीप चन्दले सोमबार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको बताए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको डिएसपी चन्दले बताए । प्रहरीले रानाले मदिरा सेवन गरेर अर्काको घरमा पसेको बताएको छ । 

रानाको हत्या भएको आशंकामा प्रहरीले सोधपुछका लागि चौधरी दम्पत्ती सहितका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मीनबहादुर चौधरी, उनकी पत्नी पुनम चौधरी, छोरी सहित ५ जना रहेको प्रहरीले जनाएको छ ।

मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पत्ती छिमेकी समेत हुन् । राना चौधरी घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । स्थानीयले सम्झाइबुझाई गरेर घर पठाएपनि, राती अवस्था गम्भीर भएपछि रानालाई अस्पताल लगिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।