Skip to main content

धनगढीको सन्तोषी टोल क्षेत्रको सरसफाईको जिम्मा एसपीएले लियो, सफाई कर्मचारी नियुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीको सन्तोषी टोल क्षेत्रको सरसफाईको जिम्मा एसपीएले  लियो, सफाई कर्मचारी नियुक्त

धनगढी : धनगढीको एसपीए कलेजले आसपासको क्षेत्रमा सरसफाईको जिम्मा लिँदै एकजना सफाई कर्मचारी नियुक्त गरेको छ । 

आफ्नो वरपरको ५०० मिटर क्षेत्रमा सफाईको जिम्मा लिने अभियान अन्तर्गत एसपीएले सन्तोषी टोल क्षेत्रमा सफाईको जिम्मा लिएको हो । आफ्नो २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा एसपीएले धनगढी उपमहानगरपालिकासँग उक्त क्षेत्रको सरसफाईका लागि एकजना सफाई कर्मचारी नियुक्त गर्ने सम्झौता समेत गरेको छ । 

एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उक्त सम्झौता पत्रमा हस्तान्तरण गरे । हमालले आफ्नो धनगढी आफू बनाउँने अभियानमा यो महत्वपूर्ण कोशेढुंगा बन्ने बताए । उनले यस कार्यको अरुले पनि अनुसरण गर्नुपर्ने धारणा राखे । 

प्रबन्ध निर्देशक शाहीले सफा र स्वच्छ धनगढी बनाउने उद्देश्यमा आफूहरुले हातेमालो गरेको र यस अभियानमा सबैलाई जोडिन आह्वान गरे । 
सम्झौता अनुसार सन्तोषी टोल क्षेत्रमा सरसफाईका लागि एसपीएले एक कर्मचारी नियुक्त गर्नेछ । उक्त कर्मचारीको सम्पूर्ण पारिश्रमिक एसपीएले ब्यहोर्नेछ । 

आफ्नो क्षेत्र सफाईकाले लागि एसपीएले नै यसअघि ५०० मिटर सफाई अभियान चलाएको थियो । उक्त कार्यक्रम अन्तर्गत एसपीएले समय समयमा समुदायमा सरसफाई गर्दै आएको छ । वातावरण क्षेत्रमा काम गर्नका लागि एसपीएको ग्रीन क्लिन क्लब रहेको छ ।