Skip to main content

नक्कली टिकट प्रकरणमा मुछिएका देवकोटा काँग्रेसबाट निलम्बित

Submitted by editor on
ईबिगुल संवाददाता
नक्कली टिकट प्रकरणमा मुछिएका देवकोटा काँग्रेसबाट निलम्बित

धनगढी : नेपाली काँग्रेस गोदावरी नगर समितिको सचिवबाट अशोक प्रसाद देवकोटा निलम्बनमा परेका छन । सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट प्रकरणमा मुछिएका अशोकराज देवकोटालाई नेपाली कांग्रेस गोदावरी नगरसमितिले निलम्बित गरेको हो ।

उनी नेपाली कांग्रेस गोदावरी नगरसमितिको कार्यसमितिका सचिव थिए । देवकोटालाइ शनिवार बसेको बैठकले निलम्बन गरेको हो । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाइ निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले बताए ।

उक्त घटनामा निस्पक्ष छानबिन होस भन्दै देवकोटालाइ छानबिन अवधी सम्मका लागि निलम्बन गरिएको उनले जानकारी दिए । अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए । उक्त प्रकरणमा विभिन्न्न व्यक्तिहरुको नाम मुछिएको थियो ।