Skip to main content

चार दिनको मर्मत पछि ४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज

Submitted by editor on
ईबिगुल संवाददाता
४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज

धनगढी : सोमबार धनगढीमा अवतरण पछि प्राविधिक समस्या देखिएको श्रीएयरलाईन्सको विमान आज विहान मर्मत पछि यात्रु लगेर काठमाण्डौं उडेको छ । श्रीएयर लाईन्सको उडान नम्बर २२७ र एएनएस कल साईन भएको जहाज सोमबार धनगढीमा अवरण भएपछि अगाडीको चक्कामा समस्या देखिएको थियो । 

त्यसपछि एयरलाईन्सका प्राविधिकहरुले तीन दिन लगाएर जहाज मर्मत गरेका हुन । श्रीएयरलाईन्सका धनगढी स्टेशन प्रमुख गजेन्द्र शाहीले जहाज मर्मत भएर आज विहान ४४ जना यात्रु बोकेर काठमाण्डौं उडेको बताए । 

जहाजमा प्राविधिक समस्या आएपछि एयरलाईन्स कम्पनीका मात्रै होईन नागरिक उड्डयन प्राधिकरणको सुरक्षा विभागका २ जना ईन्जिनियर पनि धनगढी आएका थिए । प्राधिकरणका सुरक्षा ईन्जिनियरहरुले फिट फर फ्लाईटको अनुमति दिएपछि आज विहान यात्रु सहित जहाज काठमाण्डौंका लागि उडेको हो ।