Skip to main content

धनगढीका मेयर हमालकी छोरी आरती भारतको गोवाबाटै आफन्तको सम्पर्कमा

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीमा मेयर हमालकी छोरी आरती भारतको गोवाबाटै आफन्तको सम्पर्कमा

धनगढी : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी मयर हमालले फेसबुक मार्फत जनाएका छन । 

उनले फेसबुकमा स्टाटस हाल्दै छोरी सकुसल भेटिएकाले खोजी कार्यमा सहयोग गर्ने र शुभचिन्तकहरुलाई धन्यबाद दिएका छन । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । 

अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विर सहितको पोष्ट देखेपछि परिवारका सदस्यहरुलाई सम्पर्क गरेका थिए । आरतीले अमेरिकामा अध्ययन गरेकाल उनका साथी अमेरिकामा पनि छन । 

आरतीकी आमा शारदा हमालले पनि छोरी सकुसल सम्पर्कमा आएको बताईन । ‘छोरी गोवामै रहेछ । एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएका छोरीका साथीहरुले सम्पर्क गर्नु भयो । कान्छी छोरी आरजु र ज्वाई गोवा पुगिसक्नु भएको छ’ शारदाले भनिन ।

सोमबार बेलुकी देनि नगर प्रमुख हमालकी जेठी छोरी आरती सम्पर्कविहीन भएकी थिइन । उनी ओशो साधक हुन । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन ।