Skip to main content

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका शाहीको शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
लोकेन्द्र शाही

कैलाली : गतचैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ । होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल माथिबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए ।

उनको शव खोजतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागेका थिए । उनको शव तीन दिन पछि टिकापुर नगरपालिका वडा नम्बर २ स्थित सनकट्टि घाट नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

‘टीकापुर २ को सनकट्टि घाटमा लास भेटिएको छ, खोजतालासका क्रममा ¥याफुटिङ टोलीले सर्च गर्दै जादा नदीको दोभानमा भेटिएको हो’ जिल्ला  प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदम बहादुर विष्टले भने ।