Skip to main content

उन्मक्तिभीत्र सुरु भयो सांसद कारवाहीको सिलसिला, राज्यमन्त्री ईन्द्रा गिरिलाई कारवाही

Submitted by editor on
ईबिगुल संवाददाता
उन्मक्तिभीत्र सुरु भयो सांसद कारवाहीको सिलसिला, राज्यमन्त्री ईन्द्रा  गिरिलाई कारवाही

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।

पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । 

लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेनन । नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । 

रञ्जीता पक्षका मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए ।  श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरुलाई भने कारबाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।