Skip to main content

धनगढी–खुटिया–दिपायल द्रुतमार्गका पुल बनाउन बजेट अभाव

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
धनगढी–खुटिया–दिपायल द्रुतमार्गका पुल बनाउन बजेट अभाव

कैलाली : धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित  भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो । 

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख विनियोजन गरिएको छ । चप्टे नदीमा पुल निर्माण गर्न  दुई करोड ९७ लाख, मटेलीमा तीन करोड २६ लाख र चौकीगडा पुलका लागि चार करोड ७० लाखमा  निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोला, लामगडा पुल  चार करोड पाँच लाख, नकुराडी खोलाको पुल तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमश पाँच करोड १९ लाख र चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए ।