Skip to main content

धनगढी उपमहानगरपालिका विरुद्धको मुद्धा उच्च अदालतद्वारा खारेज

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी उपमहानगरपालिका विरुद्धको मुद्धा उच्च अदालतद्वारा खारेज

धनगढी : धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी–३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए ।

उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक बिस्तार विरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका हुन्।उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत डोटीले रिट खारेज गर्ने आदेश गरेको हो । उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीरबहादुर जेठाराले बहस गरेका थिए ।

रिट खारेज भएसँगै ६ लेन सडकस्थित रोड हाउस क्याफेदेखि चक्रपथ पक्की कुवासम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ ।

प्रदेश सरकारले सडक निर्माण गर्न यसअघि नै टेण्डर गरिसकेको छ भने उपमहानगरले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो ।