Skip to main content

धनगढीको शारदा मावि बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा

Submitted by editor on
धनगढी उपमहानगरपालिकाले ६८ सामुदायीक विद्यालय मध्ये ३० वटाले गरेको प्रस्तुतीकरणमा शारदा माविलाई उत्कृष्ठ घोषणा गरेको हो ।
ईबिगुल संवाददाता
शारदा माविलाई उत्कृष्ठ घोषणा

धनगढी  ः धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा मावि बैयाबेहडी, बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाले ६८ सामुदायीक विद्यालय मध्ये ३० वटाले गरेको प्रस्तुतीकरणमा शारदा माविलाई उत्कृष्ठ घोषणा गरेको हो ।

योसँगै शारदा माविले नगद १५ हजार रकम र सम्मान पत्र पाएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शारदा माविका प्रधानाध्यापक तेज बहादुर भण्डारीलाई उक्त सम्मानपत्र र नगद हस्तान्तरण गरे ।

धनगढी उपमहानगरपालिकाले सामुदायीक विद्यालयको शिक्षा सुधारका लागि हरेक महिना विद्यालयहरुको प्रस्तुतिकरण गराउने र राम्रो काम गरेको विद्यालयलाई उत्कृष्ठ घोषणा गर्ने नीति अवलम्बन गरेको छ । 

उप–महानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण गरिएको थियो । ३० वटा विद्यालयको प्रस्तुतीकरणका आधारमा शारदा माध्यमिक विद्यालय, बैयाबेहडी उत्कृष्ठ भएको मेयर हमालले बताए ।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सबै सामुदायिक विद्यालयहरुसंग कार्यसम्पादन सम्झौंता गरेको थियो । 

सोही सम्झौंता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरुको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो । 

उत्कृष्ठ भएपछि प्रधानाध्यापक तेज बहादुर सिंहले उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरु आदान प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख गोपाल हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित गरेको देखाएको बताए ।