धनगढीः कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ ।
आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटोसहित भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर धनगढीसम्म पुगाएका सामान जफत गरेको छ । करिब १२ लाख ९ हजार मुल्यको कुर्ति, साडी, कुर्ति सेट सेण्डो बरामद गरिएको छ ।
सुदूरपश्चिम प्रदेश ०१००१ से ४७७९ नम्बरको हरियो कलरको अटोमा १२ लाखभन्दा बढीका अबैध सामान धनगढी ल्याइपुगाइएको हो । प्रहरीले अटोसहितको अबैध सामान नियन्त्रणमा लिए पनि संलग्न व्यक्तिलाई भने नियन्त्रणमा लिन सकेन । बरामद गरिएको अटो र सामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको छ ।