Skip to main content

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा गहुँभीत्र लकाएर ल्याईदै गरेको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
ठुलो परिणाममा सामान बरामद गरेको छ

धनगढी : गहुभीत्र लुकाएर ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरमा ठुलो परिणाममा सामान बरामद गरेको छ  । सशस्त्र प्रहरीले ३६१ बोरा अबैध गहुँ र त्यसभीत्र लुकाईछिपाई ल्याईरहेको अवस्थामा ठूलो परिणाममा भन्सार छलीको सामान बरामद गरेको हो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारीका प्रमुख एसपी खगेन्द्र चन्दले बताए ।

उनले बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको बताए । सामान ढुवानीमा संलग्नहरु भने फरार छन् ।  त्यस्तै कञ्चनपुर प्रहरीले बैशाख ११ र १२ गते दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको थियो ।

दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ ।