Skip to main content

राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीको संख्या घट्दै

Submitted by editor on
ईबिगुल संवाददाता
ष्ट्रिय मानवअधिकार आयोग

कञ्चनपुर : राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि २०६३ सालमा आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् । 

आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेशराम चौधरीले आयोगमा पछिल्ला वर्षहरुमा उजुरी दिने क्रम घट्दै गएको बताए । ‘पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाहीलगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ, उनले भने । ‘चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।

द्वन्द्वकालका मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित रहेको बताउँदै चौधरीले यहाँ परेका उजुरीमध्ये धेरै खारेजी, केही तामेली र केहीले क्षतिपूर्ति पाइसकेको जानकारी दिए । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी ४०÷५० को सङ्ख्यामा आए पनि धेरै तत्काल समाधान भइहाल्छन, उनले भने ।

‘उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने किसिमका मुद्दा कम आउने गरेका छन्। आयोगको सिफारिसप्रति राज्य गम्भीर नभएकाले पनि आयोगमा उजुरी आउने क्रम घटेको हुनसक्ने उनको भनाइ छ ।