Skip to main content

कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गको कल्भर्ट भाँसिएपछि यातायात प्रभावित

Submitted by editor on
ईबिगुल संवाददाता
कल्भर्ट भासिएपछि यायातात प्रभावित

महेन्द्रनगर : अविरल वर्षाका कारण कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्गको सुडा नजिक कल्भर्ट भासिएपछि यायातात प्रभावित भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले दिएको जानकारी अनुसार वेदकोट नगरपालिका–७ मा पर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भासिएपछि बैकल्पीक बाटोको प्रयोग गर्न थालिएको छ । 

कञ्चनपुरका दोधाराचाँदनी, पुर्नबास नगरपालिका र भीमदत्त नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । एसपी जोशीले उद्धारको कार्य भइरहेका कारण जिल्लाभर के–कति मानिस प्रभावित भए भनेर यकिन विवरण दिन सकिने अवस्था नरहेको बताए ।