Skip to main content

स्वस्तिक हस्पिटलमा ४० जनाले गरे रक्तदान

Submitted by editor on
ईबिगुल संवाददाता
स्वस्तिक हस्पिटलमा ४० जनाले गरे रक्तदान

धनगढी : धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरका छन ।

शनिवार नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा सम्पन्न उक्त मेघा ब्लड डोनेसन कार्यक्रममा ४० जनाले रक्तदान गरेका हुन् । 

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल धनगढीमा सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब अफ धनगढी स्विकृति, लायन्स क्लब अफ धनगढी एभरेष्ट, लायन्स क्लब अफ धनगढी र लायन्स क्लब अफ धनगढी आस्थाको संयुक्त टिमले गरेको थियो । 

अहिले बर्खाको समयमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै रगत अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे क्लब अफ धनगढीकी अध्यक्ष स्मृति ढुङ्गाना तिवारीले बताइन् । 

आयोजकले रक्तदाताहरूलाई प्रमाण पत्र प्रदान गर्नुका साथै फलफूलको व्यवस्था गरेको गरेको थियो भने लायन्स क्लबहरूले यस अघि पनि धनगढीमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन् ।