Skip to main content

लगातारको वर्षाले अछामको साँफे–मार्तडी सडक अवरुद्ध

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
साँफे–मार्तडी सडक अवरुद्ध

अछाम : लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो। पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका  अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए। सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन्। योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ । 

इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ । रासस