Skip to main content

धनगढीका मिश्र ज्योतिष परिषदको उपमहासचिव निर्वाचित

Submitted by editor on
ईबिगुल संवाददाता
खेम मिश्र

धनगढी : धनगढीका युवा ज्योतिषी खेम मिश्र नेपाल ज्योतिष परिषदको केन्द्रिय उपमहासचिवमा  निर्वाचित भएका छ्न । 

नेपाल ज्योतिष परिषदको काठमाडौको डिल्ली बजारमा सम्पन्न छैठौ महाधिवेशनबाट मिश्र उपमहासचिवमा निर्वाचित भएका हुन । यस्तै महाधिवेशनले अध्यक्षमा केशब प्रसाद धिताललाई  निर्वाचित गरेको छ । 

सुदूरपश्चिमबाट उपमहाचिवमा युवराज जोशी, उपाध्यक्षमा हरिदत्त लेखक, सदस्यमा केशब राज जोशी निर्वाचित भएका छ्न । भदौ २ र ३ गते सम्पन्न महाधिवेशनको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए । 

महाधिवेशनमा सातै प्रदेशबाट हजारौं  ज्योतिषीहरुको  सहभागिता रहेको थियो ।