कैलालीको अत्तरियामा सरकारी गाडी तोडफोड गरिएको छ। मेडिकलविश्वविद्यालयको मागगदै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले १२ बजेसम्म सरकारी गाडी बन्द हुन भनेर नचलाई दिन आग्रह गर्दागर्दै पनि नमानेपछि तोडफोड गरेको जनाएका छन ।
पुर्वपश्चिम राजमार्गको चौकीडाँडामा सरकारी नम्बरको गाडी तोडफोड गरिएको हो। प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको छ। कारको पछाडीको सिसा तोडफोड गरिएको छ।
तोडफोड गरिएको गाडि जिल्ला अदालत बाँँँकेको रहेको बताईएको छ । गाडी तोडफोड भएको सूचना आएपछि प्रहरी घटनास्थल पुगिसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले बताए।