Skip to main content

जापानमा नेपाली विद्यार्थीहरू नेपालीबाटै ठगिदै, सजग रहन आग्रह

Submitted by editor on
केशव विष्ट (जापान)
जापान

जापान : जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीहरू नेपालीबाटै ठगिएका छन । 

पीडित विद्यार्थीहरूको भनाइ अनुसार, उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । एक विद्यार्थीले भने, ‘होस्टेलबाट नयाँ कोठामा सर्नुपर्ने भएपछि परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग मागे । उक्त दिदीले जनक थापा मगर र उमेश तामाङ नाम गरेका व्यक्तिहरूसँग सम्पर्क गराइदिनुभयो । जसले रूमको व्यवस्थापन गर्ने वाचा गरे । तर ती व्यक्तिहरूले विद्यार्थीहरूको जाइरो कार्ड र इनकान समेत दुई हप्तापछि फिर्ता ग।े ।’

कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाएर विद्यार्थीहरूलाई सारिएको थियो । ठगहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासन दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा आएको र रूम भाडा नगदमा मागिएको खुलेको छ । 

जब पीडितहरू आफ्नो गाक्कोमा गएर कागजात देखाउन पुगे, गाक्कोका नेपाली शिक्षकले कागजात नक्कली भएको भन्दै गाक्कोले सहयोग गर्न नसक्ने बताए र प्रहरीलाई सम्पर्क गर्न सल्लाह दिए ।

विद्यार्थीहरूबीच ठगीको विषयमा छलफल भएपछि केही अन्य चिनजानका व्यक्तिहरूको सहयोगमा अपार्टमेन्ट मालिक, फुदोसान (रियल स्टेट एजेन्ट), र प्रहरीसँग कुरा भएपछि ठगहरूले झण्डै ३–४ लाख रकम असुलेको खुलेको हो । ठगहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीको अनुबन्धमा मनलाग्दी नाम राखेको पनि फेला परेको छ ।

छलफलपछि ठगहरूले आफ्नो गल्ती स्वीकार्दै रकम फिर्ता गरेका छन् । पीडित विद्यार्थीहरूले ठगीको घटनाबाट बच्न सबैलाई सजग रहन र जापानी कानूनको पालना गर्न आग्रह गरेका छन ।