Skip to main content

धनगढीको रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याबसेवा दिने

Submitted by editor on
ईबिगुल संवाददाता
रुद्राक्ष डायग्नोस्टि

धनगढी : असोज १ गतेदेखि सञ्चालनमा आएको धनगढीको रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याब सेवा दिने भएको छ । रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले सरकारी मुल्यमै ल्याब सेवा दिने बताएको हो ।

सेती प्रादेशीक अस्पताल नजिकै मंगलबार देखि रुद्राक्ष डायग्नोस्टिक सञ्चालनमा आएको हो । डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको ४ बर्षिया बालिका आदिबका धामीले उद्घाटन गरेकी छन् । सरकारी दररेटमै सम्पुर्ण ल्याब सम्बन्धि सेवा दिने सञ्चालक हरि धामीले बताए । डेढ करोड लगानी गरेर स्थापना गरिएको सो सेन्टरमा सामान्य सुगर जाँचदेखि विभिन्न हर्मोन र क्यान्सर समेत जाँच गरिने धामीले बताए ।

ल्याब असिस्टेन्ट, टेक्निसियन र बिएमएलटी गरेका दक्ष जनशक्तीबाट ल्याब परिक्षण गरिने र २४ सैं घण्टा ल्याब सेन्टर खुला रहने समेत उनले बताए । ल्याबको ५ किलोमिटरभित्र घरमै गएर पनि निःशुल्क रुपमा रगतको नमुना संकलन गर्न सकिने व्यवस्था गरिएको सञ्चालक धामीले बताए ।