Skip to main content

कैलालीमा दुई महिनाको अवधीमा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

Submitted by editor on
साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।
ईबिगुल संवाददाता
साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।

धनगढी : कैलालीमा लागुऔषधका प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन । कैलाली प्रहरीले पछिल्ला २ महिनामा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पदम बहादुर विष्टले पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको बताए । पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष छन ।

प्रहरीको तथ्यांक अनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।

भदौमा मात्र २० किलो ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए । उनका अनुसार साउनमा ३८ ग्राम ३७० मिलीग्राम चरेस, १९ ग्राम ९३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागुऔषध बरामद गरिएको छ ।

२ महिनामा डेढ करोड बराबरको सामान बरामद
कैलाली प्रहरीले दुई महिनाको अवधीमा झण्डै डेढ करोड बराबरको भन्सार छलीको सामान बरामद गरिएको जनाएको छ । साउनमा ६५ लाख ७४ हजार र भदौमा ६६ लाख ४७ हजार गरेर एक करोड ३२ लाख २१ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको प्रहरी उपरिक्षक बिष्टले बताए ।

यो अवधीमा ४३ मुद्दाका फैसला कार्यान्वयन गर्दै तीन वर्ष दुई महिना २० दिन कैद र एक लाख ७४ हजार १४४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ । लागुऔषध दुव्र्यशनी, चोरी तस्करी नियन्त्रण तथा फरार प्रतिवादीलाई कारवाहीको दायरामा ल्याउने गरि काम गर्ने प्रतिबद्धता अनुसार नै कार्यसम्पादन गरिरहेको एसपी बिष्टले बताए ।

गत आर्थिक वर्षसम्म एक हजार ८३५ जना विभिन्न मुद्दामा फरार प्रतिवादी रहेकोमा ४५८ जनालाई पक्राउ गरिएको उनले बताए । उनकाअनुसार उनीहरुबाट १५४ वर्ष ८ महिना कैद र ५५ लाख आठ सय ८८ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

गत वर्ष भन्सार छलीको अवैध सामानबाट दुई करोड १८ लाखको राजश्व संकलन गर्ने लक्ष्य राखिएको ३६१ प्रतिशत बढि आठ करोड ३५ लाख असुली गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिष्टले बताए ।