Skip to main content

कैलालीको चुरेमा दुर्घटना, २ जना घाईते

Submitted by editor on
 दुई जना घाइते

धनगढीः कैलालीको चुरेमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन् । चुरे गाउँपालिका–५ निङलाडीमा बा १३ च ७७१८ नम्बरको टाटा  टेल्को लाइन गाडी ब्रेक नलागेर पल्टिँदा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा परेर गाडी चालक गोदावरी–१० का प्रकाश खड्का र धनगढी उपमहानगरपालिका–५ का अंकित भण्डारी घाइते भएका छन् ।

भण्डारीको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भण्डारीको निसर्ग अस्सपतालमा उपचार भइरहेको छ । चालक प्रकाशलाई भने प्रहरीले नियन्त्रणमा  लिएको छ ।