Skip to main content

मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाईनलाई

Submitted by editor on
ईबिगुल संवाददाता
स्टेट सेभेन

धनगढी : चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी  स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको हो । 

बुधबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा खबरकुन्ज अनलाइन उप बिजेता बन्यो । प्रतियोगिताको विजेता स्टेट सेभेन अनलाइनले नगद २५ हजार तथा उपविजेता खबरकुन्ज अनलाइनले नगद १५ हजार सहित ट्रफी प्राप्त गरेको छ । 

प्रतियोगिताको उत्कृष्ठ खेलाडी खबर कुन्जका प्रदिप पाठक बने । उत्कृष्ठ गोलकर्ता स्टेट सेभेनका शकंर बोहरा बन्दा स्टेट सेभेनकै टकं कुँवर उत्कृष्ठ गोलकिपर बने । 

प्रतियोगितामा बिश्वखोज अनलाइन, अत्तरिया पत्रकार, निर्भिक पोस्ट, इबिगुल डटकम, प्रेसपत्र, र खबर एण्ड लाइभ सहभागी थिए । एक कार्यक्रमका बिच हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एस.केले बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको थियो । प्रतियोगितालाई नवजिवन सहकारी र धनगढी उपमहानगरपालिकाले प्रबद्र्धन गरेको थिायो ।  प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका थिए ।