Skip to main content

गेटा मेडिकल विश्वविद्यालय बारे गृहमन्त्रीद्वारा निरीहता प्रकट, भने ‘हाम्रो देशमा कानून बनाउने तरिका ठिक छैन’

Submitted by editor on
शिवराज भट्ट
रमेश लेखक

धनगढी :  कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे गृहमन्त्री रमेश लेखकले निरीहता प्रकट गरेका छन । सुदूरपश्चिमबासीको स्वास्थ्य र शिक्षाको ‘ड्रीम प्रोजेक्ट’का रुपमा रहेको गेटाबारे उनले निरीहता प्रकट गरेका हुन ।

तपाईको गृह जिल्ला जाने बेला बाटोमा हेरेर हिडनुहुन्छ, कहिले सञ्चालन हुन्छ गेटा ? सञ्चारकर्मीहरुको यस प्रश्नको जवाफ गृहमन्त्री लेखकसँग थिएन । उनले जवाफमा भने, ‘हाम्रो देशको कानून बनाउने प्रकृया नै झन्जटिलो छ । कानून बनाउने प्रकृया लामो छ । कार्यब्यवस्था परामर्ण समितिमा मैले कानून बनाउने प्रकृयाका बारेमा कुरा उठाएको छु । संसदीय समितिहरुमा विधेयक कति दिन बस्ने ? त्यसको समय सीमा नतोकिदा सम्म समयमा कानून बन्दैनन, गेटाको कानूनको पनि त्यही हालत भएको छ’ गृहमन्त्री लेखकले भने ।

पटक पटक मन्त्री भईसकेका गृहमन्त्री लेखकसँग गेटामा ३ सय शैयाको अस्पताल कहिले बन्छ ? गेटा मेडिकल विश्वविद्यालयको शिक्षास्वास्थ्य .तथा सूचना समितिमा रहेको विधेयक कहिले सदनमा फर्किन्छ ? गेटामा मेडिकल शिक्षाको पढाई कहिलदेखि हुन्छ ? कुनै प्रश्नको जवाफ थिएन । 
गेटाको कानून त बन्दै गर्ला तर मेडिकल शिक्षाका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्छ, अस्पताल नै पनि किन सञ्चालन हुदैन ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा गृहमन्त्री लेखको जवाफ थियो, ‘त्यस लाई अगाडी बढाउने हो । गेटा सञ्चालन हुन्छ । गेटा बन्छ ।’

गेटामा सरकारले झण्डै ७ अर्वका संरचनाहरु निर्माण गरिसकेको छ । ६ सय शैयाको अस्पताल भवन, ३ सय विद्यार्थी क्षमताको कलेज भवन, प्रशासनीक भवनहरु, चिकित्सक र नर्सिङ आवासहरु, छात्राबास भवन गरी ५६ वटा भवनहरु बनिसकेका छन । तर गेटामा अस्पताल मात्रै सञ्चालनमा नआएका कारण मेडिकल शिक्षाको अध्यापन र स्वास्थ्य सेवाको अन्यौलता कायमै छ ।