Skip to main content

कैलालीमा विद्युतीय धरापमा परे युवक ,४ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 पक्राउ


धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

उक्त घटनामा गौरीगंगा नगरपालिका–३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले बताए ।

धरापमा परेर घाइते भएका चौधरी भने उपचारपछि घर फर्किसकेका छन् ।