Skip to main content

गोदावरी नरपालिकाको १ अर्व २२ करोडको बजेट

Submitted by editor on
ईबिगुल संवाददाता
गोदावरी नगरपालिका

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले आब २०८०÷०८१ का लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार नगरपालिकाले आगामी आर्थीक बर्षका लागि नीति कार्यक्रम संगै १ अर्ब २२ करोड ९४ लाख ७० हजारको अनुमानित बजेट प्रस्तुत गरेको हो । 

जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पूजीगत तर्फ ४६ करोड ६६ लाख ८ हजार विनियोजन गरिएको छ ।


आम्दानीको श्रोतमा नेपाल सरकारबाट प्राप्त हुने संघीय वित्तिय समानीकरण १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदान बाट ३७ करोड ५२ लाख, संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तिय समानीकरणबाट १ करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संचित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने जनाईको छ ।