कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
सिमानाकामा लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित भारतबाट नेपाल तर्फ पैदल आईरहेको अबस्थामा भीमदत्त नगरपालिका–५ बस्ने २६ वर्षीय अर्जुन गुरुङलाई चेकजाँच गर्दा २ दशमलव ८३ ग्राम खैरो हेरोइनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गुरुङलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।