Skip to main content

भन्सार छलीका अबैंध सामान कञ्चनपुरबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
अबैंध सामान

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी नगरपालिका–१ चारलाईन पक्की पुल र दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५६ हजार ९७५ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

भन्सार छलीको प्याज, चिनी, मिश्री, थान कपडा, हरियो खुर्सानी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।