Skip to main content

भवानी कन्स्ट्रकसन कञ्चनपुरको गोदाममा आगलागी, एक करोडको बराबर क्षति

Submitted by editor on
ईबिगुल संवाददाता
गोदाममा आगलागी

कञ्चनपुरः कञ्चनपुरमा रहेको भवानी कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका–६ मुसेपानीमा हर्क मल्लले संचालन गरेको भवानी कालीका कन्स्ट्रकसन प्रालीको गोदाममा बिद्युतको तार सर्ट भई बिहान ३ बजे आगलागी भएको हो ।

आगलागी हुँदा उक्त गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम, हाईड्रोलीक लिटर ड्रम लगायतका सामान गरी अन्दाजी एक करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा आएको छ ।