धनगढी: कैलाली जिल्ला अदालत घेराउ गरिएको छ । आर्थिक शोषण विरुद्ध जागरण अभियान, मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलन कारीहरूले शुक्रवार अदालत घेराउ गरेका हुन ।
कैलालीसहित नेपाल भरीका जिल्ला अदालतहरूमा घेराउ गरिएको उनीहरूले बताएका छन् । मिटर ब्याजीहरूको विरुद्धमा आन्दोलन थालिएको हो । मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुश्वाले आर्थिक शोषण विरुद्ध जागरण कार्यक्रम रहेको बताए । माघको १४ गतेसम्म जिल्ला भेल गरेको आन्दोलनकारीहरूले कार्यतालिका अनुसार विरोध गर्दै आएका छन । उनीहरूले १२–१७ गतेसम्म हड्पेको घर–जग्गा कब्जा गर्ने, १८ गते जिल्ला प्रहरीमा जाहेरी दिने, २० गने काठमाडौँमा कार्यक्रम गर्ने र २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ । आयोगको कार्यविधि सार्वजनिक गर्न उनीहरूले माग समेत गरेका छन् ।
मिटर ब्याजी विरुद्धमा देशभरी संगठन तयार पारेर विरोधका कार्यक्रम गर्दै आएको उनले बताएका छन् । कैलाली–कञ्चनपुरबाट पनि ठुलो सङ्ख्यामा पीडितहरू उक्त आन्दोलनमा जोडिएका छन् ।