Skip to main content

रुखमा झुन्डिएको अवस्थामा कैलालीमा शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
शव फेला

.अत्तरिया : कैलालीको गोदावरीका एक युवकको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका  ६ हरैयामा अन्दाजी २८ वर्षका युवकको शव फेला परेको हो ।

युवकको सडक किनारामा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।उनले युवक गौरीगंगाको मैया भन्ने ठाउँको भएको स्थानीयले बताए पनि यकिन हुन नसकेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।