धनगढीः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
ती मध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ। दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो।
ती मध्ये नेपाल विद्यार्थी संघले जनता बहुमुखी क्याम्पस(विकास खड्का) प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस(मोहन जैसी), दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस(सुवास नेगी) प्यानलसहित र कञ्चन बहुमुखी क्याम्पसमा (सुनिल ऐर) जितेका छन्।
यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी९ रविना राना० प्यानलसहित र बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन्। केही क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन हुन सकेको छैन्।