Skip to main content

बैतडीको शिवनाथ गाउँपालिकामा ९ करोड लागतमा १० शय्याको अस्पताल निर्माण हुँदै

Submitted by editor on
ईबिगुल संवाददाता
अस्पताल भवन निर्माण

बैतडी : बैतडीको शिवनाथमा ९ करोडको लागतमा १० शय्याको अस्पताल भवन निर्माण भइरहेको छ।
शिवनाथ गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ। सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार नौ करोडको  लागतमा भवन निर्माण हुन लागेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ।

नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ। त्यसैले अस्पताल निर्माणको कामलाई पनि प्राथमिकतामा राखेका छौं।”  १० शैय्याको अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ।