डडेल्धुराः डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।
परशुराम नगरपालिका(१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा बिद्युत सर्ट भई आगलागी आज बिहान ३ः५० बजे आगलागी भएको हो। आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ५ लाख १७ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।