धनगढी : धनगढी अत्तरिया ६ लेन सडकमा साईकल लेनको उद्घाटन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले आज साईकल लेनको सुरुवात गरेको हो ।
कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो।
धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।