Skip to main content

२ महिला माथि बैतडीमा धारिलो हतियार प्रहार

Submitted by editor on
ईबिगुल संवाददाता
धारिलो हतियार प्रहार

बैतडी: बैतडीमा २ महिलामाथी धारिलो हतियार प्रहार भएको छ।

पुर्चौंडी नगरपालिका–६ रपनामा शनिवार बिहान पौने १२ बजेतिर २० बर्षीय धनवीर धानुकले धारिलो स्थानीय ७० बर्षीया बिखमती धानुक र ६८ बर्षीया दुरोपती धानुक माथि धारिलो हतियार प्रहार गरेका हुन। घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।

घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए। हतियार प्रहार गर्ने धनबीर धानुकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। धानुकले धारिलो हतियार प्रहार गर्नुको कारण खुलीनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए।