Skip to main content

उखुबारीमा कञ्चनपुरका एक युवक मृत फेला

Submitted by editor on
ईबिगुल संवाददाता
मृत

कञ्चनपुरः कञ्चनपुरका एक युवक उखुबारीमा मृत अवस्थामा फेला परेका छन्।

बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २९ वर्षीय गोपाल लुहार मृत अवस्थामा फेला परेका हुन्। लुहार घरबाट अन्दाजी ५०० मिटर टाढा आफ्नै उखुबारीमा मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।