धनगढी : राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उमेदवारहरुले मनोनयन दर्ता गरेका छन । सबैभन्दा पहिला सत्ता गठबन्धनबाट महिला कोटामा उमेदवार रेनु चन्दले उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी मालको प्रस्ताव र प्रदेश सभा सदस्य जानकी देबी कुवरको समर्थनमा उमेदवारी गरिन ।
चन्द २०६४ सालमा संविधान सभा सदस्य हुन । उनी अहिले नेकपा माओवादी केन्द्रकी केन्द्यि सदस्य हुन । यस्तै नेपाली काँग्रेसबाट अन्य कोटामा उमेदवार भएका कञ्चनपुरका बल्देब बोहरा र अपांग कोटामा उमेदवार बनेका नारायण दत्त भट्टले पनि मनोनयन दर्ता गरेका छन ।
नेपाली काँग्रेसका बलदेब बोहराको प्रस्तावकमा प्रदेश सभा सदस्य बहादुर सिह थापा र समर्थकमा प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका छन भने नेपाली काँग्रेसकै अपांग कोटामा मनोनयन दर्ता गरेका नारायण दत्त भट्टको प्रस्तावकमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र समर्थकमा प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेका छन ।