कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका–२ बाणी स्थित ४ नम्बर गल्ली नजिक भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको से २ त २५३ नम्बरको ट्याक्टर र बिपरित दिशा तर्फ जादै गरेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ बाणी शिबिर बस्ने २३ वर्षीय आशिक रानाको मुत्यु भएको छ।
ठोक्किएर गम्भिर घाईते भएका रानालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएकोमा बुधवार राति ९ बजे नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय बिक्रम चौधरी घाइते भएका छन्। चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ। ट्याक्टर र ट्याक्टर चालक कृष्णपुर नगरपालिका–४ बेलकुण्डी बस्ने ४५ वर्षीय तेजबहादुर डगौरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।