धनगढीः बझाङमा घरको दोस्रो तलाको झ्यालबाट भुईमा खसी अन्दाजी एक वर्षीय नाबालक घाइते भएका छन्।
बुङगल नगरपालिका–३ बिरुकाँडा बस्ने रतना बोहराको नाबालक छोरा शिरीष बोहरा आइतवार घाइते भएका प्रहरीले जनाएको छ। आफ्नै घरको दोस्रो तलाको झ्यालबाट भुईमा खसी उनको टाउकोमा चोट लागेर घाइते भएका जनाइएको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।