Skip to main content

भीमदत्तका प्रवक्ताको मोटरसाईकल दुर्घटनामा मृत्युु

Submitted by editor on
महेन्द्र खड्का


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको दुुर्घटनामा परि निधन भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडा कार्यालय नजिकै पर्ने ऐठपुर नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।