Skip to main content

जिल्ला प्रशासन कार्यालय कैलाली सुरु गर्यो ल्यापटपबाट सेवा

Submitted by editor on
sewa

अत्तरिया : जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सुरु गरेको छ । कर्मचारीको ल्यापटप र धनगढीको एरिष्टो स्कुलले कम्प्युटर सहयोग गरेपछि आजबाट प्रशासनले सेवा सुरु गरेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार नयाँ नागरिकता लिन सेवाग्राही प्रशासन आएका छन् । भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रशासनमा आगजनी भएको थियो । आगजनीबाट ३ वटा भवनमा क्षति पुगेको छ । प्रशासनको पुरानो भवन जलेर ध्वस्त भएको छ ।
आगजनीबाट विद्युत् प्रवाहमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । उनका अनुसार कम्प्युटर सञ्चालन गर्न अर्को भवनबाट विद्युत् तार ल्याइएको हो ।

विस्तारै प्रशासनमा चहलपहल बढेको छ । सरसफाई पनि भइरहेको छ । सूचना अधिकारी जोशीका अनुसार कर्मचारी, प्रहरी र जेनजी समूहको सहयोगमा सरसफाइ भइरहेको हो । उनले तत्काल सेवा सुरु गर्न आफूहरुले प्रयास गरिरहेको बताए ।
प्रशासनले स्थानीयलाई सरसफाइमा जुट्न र तत्काल आवश्यक सामग्री सहयोग गर्नसमेत अपिल गरेको छ ।